काठमाडौं ।
सत्ता पक्ष र प्रतिपक्षको दोहोरीले संसद अवरुद्ध भइरहेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा अनिर्णयको बन्दी बनिरहेको छ । प्रतिनिधि सभा जनताको समस्या बोल्ने देशको नीति र कानुन बनाउने मुलुकलाई एउटा विकासको मार्गमा अगाडी बढाउने थलोको रुपमा प्रतिनिधि सभालाई अगाडी बढाउनु पर्नेमा दलहरुको झगडाको प्रतिशोध साँध्ने थलोको रुपमा विकास भइरहेको छ । प्रतिनिधि सभा भनेको सत्ता पक्षको बल मिच्याइ र प्रतिपक्षको दादा गिरी गर्ने थलो बनिरहेको छ । उप प्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको आरोप लगाउदै संसदीय छानविन समिति बनाउने अडानसहित कांग्रेसले संसद अवरोध जारी राखेको छ । आजको बैठक पनि कांग्रेसको अवरोधले चल्न सकेन । कांग्रेसका सांसद गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेले आफैले फारम भरी अरबौ ऋण सहकारी बाट लिएको प्रमाण छ भनेका थिए । सोही कुरालाई चुनौति दिदै गृहमन्त्री तथा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले आफूले सहकारीबाट ऋण लिएको प्रमाण भए आफूलाई उपलब्ध गराउन चुनौति दिएका छन । शुक्रबारको बैठकमा लामिछानेले बोल्नका लागि समय माग गरेका थिए । तर प्रतिपक्षको अवरोध भएपछि बोल्न पाएका थिएनन । संसद भवनबाट बाहिरीने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यदि गगन जीले सहकारीबाट मैले ऋण लिएको प्रमाणि गरिदिए म राजनीति नै त्याग्ने भनेका छन । यदि मलाई प्रमाणित नगरेको गगन थापा राजनीति त्याग्न तयार हो की हैन ? भन्ने प्रश्नसमेत लामिछानेले गरेका छन । लामिछानेले भनेका छन एक पटक सदनमा आफ्ना कुरा राख्न दिए सबै थाहा हुनेथियो । आफ्नो बारेमा कुरा उठेपछि आफुलाई त्यस प्रश्नको जवाफ दिने मौकासमेत नदिनु राजनीतिक प्रतिशोधको परकाष्ठा हो भनेका छन । आफू विरुद्ध घेराबन्दी गरी मिथ्या सूचना प्रशारण भइरहेकोप्रति लामिछानेको गुनासो रहेको छ । आफूलाई सदनमा बोल्न दिन कांग्रेस किन डराएको ? भन्ने प्रश्न गृहमन्त्री लामिछानेको रहेको छ ।