काठमाडौं ।
राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादलाई मार्ग दर्शक सिद्धान्तका रुपमा अबलम्बन गरेर राष्ट्रिय मातृभूमि पार्टी नामको नयाँ पार्टीको उदय भएको छ । यस अघि नै एकिकरण भएका नेपाल आमा पार्टी र सुशासन पार्टी तथा नयाँ पार्टी नेपाल बीच विभिन्न चरणमा भएको औपचारिक र अनौपचारिक छलफल र वार्तापछि पार्टी एकिकरणमा पुग्ने निष्कर्ष निकालिएको थियो । उक्त एकिकरण अभियानमा अन्य विभिन्न पार्टी, पेशा व्यवसाय र स्वतन्त्र अभियन्ताका रुपमा पहिचान बनाएका व्यक्तिहरुसमेत सम्मिलित भएर राष्ट्रिय मातृभूमि नामको सशक्त ढङगको पार्टी निमार्ण गर्ने निर्णय भए बमोजिम निर्वाचान आयोगमा पार्टी दर्ता समेत गरेको र त्यसको जानकारी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको विशाल नेपाल अनलाइनलाई बताइएको छ ।
उक्त पार्टीको नेतृत्वमा रामशरण पाण्डे अध्यक्षको रुपमा रहनु भएको छ भने उपाध्यक्षमा रोमलाल गिरी र महासचिवमा गोविन्द गिरी रहनु भएको छ ।
यसैबीच पार्टीका अध्यक्ष रामशरण पाण्डेले विशाल नेपाल अनलाइनसँग कुरा गर्दै भने अहिलेका ठूला भनिने राजनैतिक दलहरुले जनताको विश्वास गुमाउदै गएका र विभिन्न गठबन्धनको नाममा सत्तामा जाने खेलखेली राजनैतिक अस्थितरता जन्माइरहेका हुनाले यी पार्टीहरुलाई अब जनस्तरबाट नै बहिस्करण गर्नु पर्छ । यिनै राजनैतिक बैइमानी गर्नेहरुलाई ठिक पार्दै जनस्तरको अवस्था सुधारका लागि काम गर्न हामी आएको कुरा अध्यक्ष पाण्डेले बताएका छन ।
0 comment