काठमाडौं ।
राप्रापाका नेता ठाकुर मोहन श्रेष्ठमाथी पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । ठाकुरमाथी कार्यसम्पादन समितिको बैठकबाट बाहिर निस्कने क्रममा युवाहरुको एक समूहले अचानक आक्रमण गरेका थिए । युवाहरुको समुहले आक्रमण गरेपनि पार्टी कार्यालयमा हुलदङगा मच्चीएको थियो । ठाकुरमोहन श्रेष्ठले नेता विक्रम पाण्डे भ्रष्ट्रचारमा मुछिएको र त्यसको संरक्षण गर्न पाटी नै लागेको विषय उठान गरेका थिए । ठाकुरमोहन श्रेष्ठको अभिव्यक्तिप्रति आक्रोसित हुँदै नेता विक्रम पाण्डे बैठकबाट बाहिरिएका थिए । पछिल्लो समय राप्रापाले हिन्दुराष्ट्र राजसंस्थाको मुद्धालाई सशक्त रुपमा उठाइरहेको छ । राप्रापाले गणतन्त्र मक्कीइसकेको र अब राजासहितको हिन्दु राष्ट्र व्यँुताउन सकियो भने मात्रै मुलुक र जनताको समृद्धी आउने भनिरहेको छ । गणतन्त्र नमान्ने तर त्यही व्यवस्थाभित्र गठबन्धन गरेर मन्त्री खाने फेरी त्यही व्यवस्थाको विरोध गर्ने जस्ता दैध चरित्र राप्रापामा देखिनु कुनै नौलो होइन । अघिल्लो पटक राजेन्द्र लिङदेन आफै मन्त्री भएका थिए । अहिले फेरी सडकदेखि सदनसम्म राजासंस्था सहितको हिन्दुराष्ट्रको मुद्धालाई उचाल्ने रणनीतिमा राप्रापाका गतिविधि केन्द्रित छन । ठाकुर मोहन श्रेष्ठ वेथितीविरुद्ध खरो रुपमा बोल्ने नेतामा पर्छन ।
राजासहितको हिन्दु राष्ट्रको मुद्धालाई उठाएर जनता अलमल्याउने काम गर्नुभन्दा यही व्यवस्थाभित्र नै जनताको समृद्धिका लागि काम गर्नु राम्रो भन्दै कतिपय दलहरुले भनिरहेका छन ।
0 comment