काठमाडौं । 
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगन थापाले प्रधानमन्त्री पुष्प कमल दहालले कपोकल्पित कुरा गरी गठबन्धन परिवर्तन गरेको बताएका छन । हामीमा समस्या भएको भए खुला रुपमा छलफल गर्न सकिने थियो तर प्रधानमन्त्रीले मनमा नचाहिदा कुरा उब्जाएर हामीबाट टाढिएको आरोप समेत लगाए । 

यो गठबन्धन सरकारको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रचन्डप्रति विश्वस्त हुन नसकेको बुझन कठिन छैन उनले भने । प्रतिनिधि सभाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यो गठबन्धन सरकार लामो समय टिक्ने विश्वास सत्ता साझेदार दलभित्रै भरोसा छैन उनीहरुलै विश्वस्त छैनन । प्रधानमन्त्रीको यो गल्तीलाई कुनै पनि कोणबाट ढाकछोप गर्न नसकिने र ढाकछोप गर्न पनि नमिल्ने बताए । 

उनले भने नेपाली कांग्रेसले पहिला नै गठबन्धन गर्न ठिक थिएन तर परिस्थितीले निम्त्याएपछि गठबन्धन गरियो त्यसपछि हामी एक अर्काको निर्वाचन चिन्हमा मतदाताले मत दिए त्यसकारण पनि मेरो अनुकुलता मेरो सहजता भन्ने कुरा त्यत्ति बस्तुगत हुदैन । 

कपोकल्पित कुरा उठाएर मनलाग्दी गर्न नमिल्ने कुराप्रति थापाको चासो थियो । थापाले भने प्रधानमन्त्रीले शिर छोपे पैताला देखिने र पैताला छोपे शिर देखिने हुनाले आफू अनुकुललाई हेरेर साथ फेर्ने सुविधा हामी कसैलाई नभएको उनले स्पष्ट पारे ।