सुरेन्द्र ढकाल,
Bungle = व्यवस्थित तरिकाबाट गर्न नसक्नु Think well before accepting this job . If you bungle you will immediately be fired यो काम सुरु गर्नुअगाडि राम्ररी सोच, व्यवस्थित तरिकाबाट गर्न सकेनौ भने तिमीलाई उत्तिनखेरै हटाइनेछ ।
Commensurate = अनुपातमा बराबरी Your salary will commensurate with your level of performance तिम्रो तलब तिमीले गर्ने कार्यसम्पादनको स्तर अनुरुप हुनेछ ।
Digression = विषयवस्तुबाट बाहिरको कुरा Professor Smith can not stick to the topic of the lecture rather makes funny digression प्रोफेसर स्मिथ आफूले दिने लेक्चरको विषयवस्तुमा मात्रै आफूलाई सीमित नगरी बाहिरको कुरा पनि गर्दछन् ।
Equivocate = भ्रम पारिदिने खालको Do not try to equivocate with me I want to have a straight answer मलाई भ्रममा पार्ने कोसिस नगर म सिधा जवाफ चाहन्छु ।
Forestall = घट्न सक्ने घटनालाई पहिले नै नियन्त्रण गर्नु Before becoming a business partner, forestall all the financial dealings so that you will have no misunderstanding ब्यापारमा साझेदार बन्नु अगाडि वित्तीय कुरालाई लिएर उठ्न सक्ने विवादलाई कसरी निप्ट्याउने भन्ने निक्र्योल गर जसले गर्दा पछि समस्या नपरोस् ।
Gruesome = डरलाग्दो After the massacre, the spot looked very gruesome आमहत्यापछि हत्यास्थल ज्यादै डरलाग्दो देखिन्थ्यो ।
Hubbub = कोलाहल In a hubbub, one can not distinguish a particular voice कोलाहलमा कोही व्यक्ति वा वस्तु विशेषको आवाज पहिचान गर्न सकिदैन ।
Implode = भित्रतर्फ पड्कने A light bulb always implodes but hardly explodes चिम बाहिरतर्फ हतपति पड्कँदैन बरु भित्र पड्किन्छ ।
Jovial = हँसिलो I have never seen you in such a jovial mood before मैले पहिले तिमीलाई कहिल्यै यस्तो हँसिलो मुडमा देखेको थिइँन ।
Killjoy = खुसीहरणकर्ता, दुष्ट We were very much enjoying until that killjoy fellow came त्यो दुष्ट केटो नआउञ्जेलसम्म हामी खुवै मनोरन्जन गरिरहेका थियांै ।
Finish बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Finish something on = मा केहि कुरा सिध्याउनु We finish this work on coming Sunday हामी यो काम आउने आइतवार सिध्याउछौ ।
Finish something up = केहिकुरा खाएर सिध्याउनु I alone can not finish up this cake म एक्लैले यो केक खाइ सिध्याउन सक्तिन ।
Finish something off = केहि कुरा सम्पन्न गर्नु It takes some hours to finish this work off यो काम सम्पन्न गर्न केहि घण्टा लाग्छ ।
Finish somebody off = थकाइदिन Horse riding of yesterday has completely finished me off हिजोको घोडा चढाईले मलाइ पुरै थकाइ दिएको छ ।
Finish somebody off = तोड पार्नु Her going with my enemy has finished me off मेरो शत्रुसंग उनको जाने कार्यले मलाई तोड परेको छ ।
Finish with somebody = कसैसंग काम सिध्याउनु I will call you only after I finish with him उसंगको काम सकेपछि मात्रै म तिमीलाई वोलाउछु ।
Finish with something = केहि चिजको काम सिध्याउनु Put the knife away after you have finished with it चक्कुको काम सिध्दिएपछि थन्काइदेउ ।
Find something for somebody = कसैको लागि केहि खोजिदिनु I try to find evidences for you म तिम्रो लागि प्रमाणहरु खोज्ने प्रयास गर्छु ।
Finish with somebody = संवन्ध तोडनु Living together for many years they have finally finished with each other धेरै वर्ष संगै वसेपछि तिनीहरुले अन्तमा सम्वन्ध तोडेका छन् ।
Finish up with = वाट अन्त्य गर्नु Lets finish up our lunch with a cup of coffee एक कप कफि पिएर हाम्रो दीवा खाना अन्त्य गरौं ।
0 comment