काठमाडौं –  यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ । 

इरानमा महिला अधिकार लागि नर्गिसले गरेको संघर्षका लागि पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ । १२ वर्षको कारावास सजाय पाएकी नर्गिस मोहम्मदी अहिले तेहरानस्थित जेलमा रहेकी छन् । नोबेल शान्ति पुरस्कार पाउने १९औं महिला बनेकी नर्गिस मोहम्मदी सन् २००३ को नोबेल शान्ति पुरस्कार विजेता सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् । शान्ति पुरस्कारको राशि १० लाख डलर छ । 

वर्षौँदेखि महिलाविरुद्धको दमनविरुद्ध सङ्घर्ष गरिरहेकी उनलाई नोबेल कमिटिले “स्वतन्त्रता सेनानी” भनेको छ । मानव अधिकारकर्मीको लामो परिचय बनाएकी उनले इरानमा मृत्युदण्ड अन्त्यका लागि पनि अभियान सञ्चालन गरिरहेकी छिन् । इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड दिइनेमध्येको देश हो । सन् २०१० यता करिब निरन्तरजसो जेलमै रहे पनि मोहम्मदी जेलभित्रैबाट दुर्व्यवहारहरूको खुलासा गर्न सफल भएकी छिन् । हाल ५१ वर्ष पुगेकी उनले अहिले ३१ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन् । उनका श्रीमान् पनि राजीतिक अभियानकर्मी हुन्। उनीहरूका दुई सन्तानसहित उनी हाल प्यारिसमा बस्दै आएका छन् ।

नोबेल शान्ति पुरस्कार “देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने“ व्यक्तिलाई प्रदान गरिन्छ । नोबेल पुरस्कारलाई किन निकै प्रतिष्ठित मानिन्छ ।