हरि चौधरी,
काठमाडौं – हुनत बर्षालाई प्रभाव पार्ने कारणहरु धेरै छन् । वनजङ्गलले पनि बर्षालाई प्रभाव नपार्ने हैन, पार्दछ । बर्षा र वनवङ्गलबीचको सम्बन्धबारे बैज्ञानिक व्याख्या यहाँले कसरी लगाउन सक्नुहुन्छ भने जुन ठाउँमा जनजङ्गल हुँदैन त्यहाँबाट सूर्यको प्रकाश बढी परावर्तन हुन्छ । साथै बोटबिरुवा नभएको उजाड ठाउँको बायुमण्डल धुलोले ज्यादा ढाक्ने हुँदा यसको असर स्वरुप बढी प्रकाश परावर्तन हुनजान्छ । यसबाट जमिन पनि कम्तामात्रै तात्दछ र पानी वाष्पिकरण भै बादल बन्ने संभावना कम हन्छ ।
अर्को कुरा जङ्गल नभएपछि जलाधार पनि हुँदैन । जलाधार नभएपछि बादल केले बन्नु र पानी कसरी पर्नु ? यसको उल्टो जङ्गल बढी भएको ठाउँमा जलाधार पनि हुन्छ वाष्पिकरण पनि हुन्छ र यस्तो स्थितिले निसन्देह पानी पार्न मद्दत गर्दछ ।
0 comment