हरि चौधरी
काठमाडौं – बोक्सीका बारेमा यी सब अन्धविश्वास बाहेक केही हैनने भनेर भन्दा कतिलाई विश्वास मान्न गारो पर्ला । हुनपनि समाजमा सयौंबर्षदेखि जरो गाडिएर आएको अवधारण त्यति सजिलै मेटिएर पनि जाँदैन । आजभोली बैज्ञानिक पद्दती र उपायहरु थुप्रै छन् । यसकारण कुनै पनि बिषयबारे हो होइन, किन आदि आदि जिज्ञासाहरु सोही अनुसार चाँजपडताल गर्न सकिन्छ ।
कुनै बखत धेरै थुप्रै मान्छेहरु बोक्सी र जादु टुनामा विश्वास मान्थे । आफूलाई मन नपरेको वा शत्रु लागेको मान्छेलार्य हानी नोक्सानी गर्न समेत त्यस्ता कूविद्याको प्रयोग हुन्थ्यो । मानिसहरुमा त्यतिखेर अज्ञानता, अन्धविश्वास डर व्यापक थियो । आँधीबेरी, रोगव्याधी, जस्ता प्राकृतिक प्रकोप समेत द्यौता रिसाएर वा यस्तै अदृष्य शक्तिको कारणको कारणले भएको भन्दथे । मूल कुर मानिसहरुमा बैज्ञानिक चेतना जागेको थिएन । युरोप र अमेरिकातिर पनि झण्डै १७ औं शताब्दी सम्मै बोक्सीबारेको धारणा निकै बलियो थियो । यसबाट कतिले शङ्कै शङ्कामा ज्यान पनि गुमाउनु पर्यो ।
१८ औं शताब्दीको शरुमा आएर क्रमशः बैज्ञानिक ज्ञानको ढोका खुल्न थाल्यो । प्राकृतिक नियमबारे मान्छेले बुझ्न थाले र क्रमशः यस्ता अन्धपरम्पराहरु पनि हराउदै जानथाले । हाम्रो समाजमा अझै पनि यस्तो चेतना जागरण भएको छैन । यसकारण गाउँघर त के शहर बजारमै पनि यस्ता अप्रिय घट्नाहरु बेलामौकामा सुनिन्छन् । जहाँसम्म निलडाम आदिको प्रश्न छ त्यो सुत्दाखेरी थिचिएर वा चाल नपाई कतै ठोकिएर पनि हुन सक्दछ र रगतमा कुनै विकार भएर पनि हुन्छ । यस्तो धेरै भएमा डाक्टरलाई जचाउनु राम्रो हुन्छ ।
0 comment