हरि चौधरी,
काठमाडौं – प्रकृतिमा प्रशस्त मात्रामा पाइने ग्यासहरु मध्ये नाइट्रोजन पनि एक हो । वायुमण्डलको आयतनको हिसावले पाँच खण्डले चार खण्ड नाइट्रोजन रहेको छ । अरु तत्वहरुसंग संयुक्त अवस्थामा नाइट्रोजन प्रोटिन पदार्थ (माछा, मासु, दाल) र नाइट्रेट लवणहरुको हुन्छ । नाइट्रोजन र अक्सिजनको प्रतिकृयाबाट बिभिन्न अकसाइडहरु पनि एक हो । यो एउटा रङ्ग विहिन कम क्रियाशिल र पानीमा सजिलैसित घुल्न सक्ने ग्यास हो । धेरै मात्रामा नाइट्रस अक्साइड सुँघेमा हामी अचेत अवस्थामा पुग्न सक्छौ तर केही मात्रामा मात्र सुँघेमा यसले मस्तिष्कको सुक्ष्म कोषहरुलाई उत्तेजित गर्दछ । जसको फलस्वरुप शरीरमा हलुका खालको उत्तेजन पैदा गराउँछ ।
यसमा मानिस साँच्चै नै घत् लागेर हाँस्ने होइन कि त्यस मानिस हाँसेको जस्तो हामीलाई भान पर्ने मात्र हो । यही कारणले यसलाई हँसाउने ग्यास भनिएको हो ।
0 comment