हरि चौधरी,

काठमाडौं – सर्वप्रथम हामी बुझौं धागो भनेको के हो ? यदि धागो कपास वा रेसा पदार्थको हो भने सामान्यतया यस्ता धागोहरु सेलुलोज भन्ने एक प्रकारको रसायनिक पदार्थबाट बनेका हुन्छन् । सेलुलोज भनेको ग्लुकोज अणुहरुको लामो श्रृङ्खला हो । धागोलाई भिजाउनु भनेको धागोमा पानी राख्नु हो । धागोमा पानी पर्दा पानीको हाइड्रोजन परमाणुहरुले एकप्रकारको बन्ड बनाउँछ । खासगरी यस्तो हाइड्रोजन बन्ड ग्लुकोज ग्लुकोजबीचको अक्सिजन बन्ने संभावना हुन्छ ।

जस्तै भनौ तपाईको भरेङको दुइतिरको तेर्सो काठलाई बीचको पाइला राख्ने फलेकले जोड्ने फलंकलाई हाइड्रोजन मानिलिनोस र दुइतिरको तेर्से काठलाई सेलुलोजको श्रृङ्खला, यसप्रकारको हाइड्रोजन बन्डले सेलुलोजलाई थप शक्ति प्रदान गर्दछ र यो अपेक्षाकृत बलियो हुन्छ ।