डोपिङ्ग अर्थात डोपको अर्थ लागू पदार्थ भन्ने लाग्छ । खेलकूद प्रतियोगिता हुँदा डोपिङ्ग टेस्ट गरिनुको मूल तात्पर्य हो खेलाडीले त्यस्तो कुनै लागू पदार्थ वा औषधीको सेवन गरेको छ वा छैन भन्ने थाहा पाउनु । पहिले पहिले मानिसहरु घेडालाई छिटो कुदाउन औषधीहरु खुवाउने गर्दथृे । केही वर्ष यता आएर आफ्नो कीर्तिमान राख्ने सिलसिलामा खेलाडीहरुले पनि भिटामिन, प्रोटिनयुक्त पोषिलो आहार बाहेक औषधीको पनि प्रयोग गरेको पाइयो । त्यस्तो प्रकारको औषधीमा मूख्यतया एनेरोविक स्टेरोइडहरु पर्दछन् ।
एनेरोविक स्टेरोइड भनेको एक प्रकारको कृत्रिम हर्मोन हो । तिनले मांशपेशी वलियो पार्न र बृद्धी गर्नमा मद्दत गर्दछ । यस्तो हर्मोन खासगरी भारोत्तोलन, शटपुट आदिको छ । यी औषधीको प्रयोगले खेलाडीको क्षमतामा अपेक्षकृत बृढी हुने तर शरीरको लागि भने हानीकारक हुने चिकित्सकहरु बताउँछन् । खेलकूदको आदर्श भनेको खेलाडीले आफ्नै कुशलत र परिश्रमले मानवजातीको क्षमताको प्रदर्शन गर्नु हो । यसकारण पनि खेलकूदमा औषधीको प्रयोगलाई अवाञ्छित मात्र होइन प्रतिबन्धित नै गरिएको छ । यसैलाई जाँच्न डोडिङ्ग टेष्ट गरिन्छ ।
0 comment