काठमाडौं –  दक्षिण कोरियामा भिषण वर्ष र बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ भने, हजारौं मानीसहरु विस्थापित भएका छन् । 

कोरियाली समाचारले दिएको जानकारी अनुसार, तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधारमा क्षति पुगेको छ । अझै १० जना हराइरहेको र अरु धेरै घाइते भएको हुन सक्ने कोरियाली समाचारमा उल्लृख गरिएको छ । 

हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् । शनिबार विहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि ६ हजार ४०० जनाले निवास छाडेका योनहापले उल्लेख गरेको छ । बाँध नजिकैका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । कोरियाको रेल सेवा प्रदायक कोरेलले सुस्त गतिका सबै रेलसेवा बन्द गरेको छ भने केही बुलेट ट्रेन सेवाहरु पनि बन्द गरीएको छ । शुक्रबार साँझ उत्तरी चुङचोङमा पहिरो खसेका कारण रेल सेवा अवरुद्ध भएको थियो ।

प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन् ।