काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले मिटरब्याजसम्बन्धी अध्यादेश अर्को बैठकमा नल्याए सदन चल्न नदिने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र यथासिघ्र मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक तत्काल ल्याउनुपर्ने माग गरेका छन् ।

मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको र मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोसाधमा रहेको लामिछानेको भनाइ छ । साथै सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनले खुलसा गरे ।