काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले नेकपा माओवादी केन्द्रसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरेका छन्।
प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागी भैरहवा आएका ढकालले भने, ‘लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर निस्कन सक्दैन। माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत छैन। ’
महामन्त्री ढकालले प्रधानमन्त्रीको मर्यादा विपरितको अभिव्यक्तिका कारण एमालेले राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको बताए। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका बारे स्पष्टिकरण दिनुपर्ने र त्यसका आधारमा रास्वपाले थप टिप्पणी गर्ने धारणा राखे।
उनले कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव समेत दिए।
0 comment