काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि संसद बैठक स्थगित भएको छ । साथै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले यस विषयमा आपत्ति जनाएको हो । सो अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमालेको जिकिर छ । ’यतिबेला नेपालीको मनमा आघात पुगेको छ । सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमान गिरेको छ । नेपालीहरू रोएको छ,’ एमाले सांसद पन्तले भने ।
त्यस्तै सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाउन खोज्दा एमालेले प्रतिपक्षी दलहरूले रोस्टम घेराउसमेत गरेका थिए । एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि संसद अवरोध गरेका थिए ।
0 comment