काठमाण्डौ – गएको मंगलवार ट्राफिक प्रहरी कारबाहीमा परी फ्रान्समा एक युवाको ज्यान गएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि रोकीएको छैन ।
फ्रान्सको राजधानी पेरिसमा गएको मंगलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ । नाहेल एमलाई मंगलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।
पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशैभर फैलिएको छ । प्रदर्शनकारीले घातक हतियारसमेत प्रयोग गर्न थालेका छन् । ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार, ४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ । सरकारले हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण भन्दा बाहिर रहेको खबरमा उल्लेख गरीएको छ । प्रहरीले अहिलेसम्म २५ सय जना भन्दा धेरैलाई पक्राउ गरी सकेको छ । पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका रहेका छन् ।
0 comment