काठमाडौं – साउदीमा गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ ।
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको ज्यान गएको हो ।
यसरी गोली लागेर एक नेपाली सुरक्षा गार्ड र उक्त बन्दुक धारीको पनि ज्यान गएको हो ।
उक्त घटनाको पुष्टि अमेरिका र साउदी अरबका अधिकारीले पुष्टि गरेको समाचार संस्था अलजजिराले जनाएको छ ।
कारमा आएका एक व्यक्तिलाई जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएको देखेपछि सुरक्षाकर्मीले उनलाई रोक्ने प्रयास गर्दा गोली चलेको खबरमा उल्लेख गरीएको छ ।
ज्यान गुमाउने, नेपाली सुरक्षागार्डको परिचय अझै खुल्न सकेको छैन । उनी अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए ।
0 comment