काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। 

प्रहरीले २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मन्डिकाटारबाट पक्राउ गरेको हो। उनलाई आजै जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागी म्याद थप गरिने छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघी नै एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परिसकेका छन् 

काठमाडौं जिल्ला अदालतले तीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पक्राउ परेकामध्ये टंककुमार गुरुङ र लक्ष्मी महर्जनलाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।