काठमाडौं – मिटरब्याजीका एक आरोपीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।  

यसरी, पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ घर भएर नखिपोट बस्दै आएका ४६ वर्षीय ज्ञानेन्द्र महर्जन रहेको प्रहरीले जनाएको छ । 

ललितपुर घर भएका ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख सापटी दिएर ‘वैदेशिक रोजागारी’ को कागज गराएर आरोपीत ज्ञानेन्द्र महर्जनले १ करोड २६ लाख असुलेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिएका छन् ।

महर्जनले २०७५ बाट मिटर ब्याजमा लगानी गर्दैं आएको बताइएको छ । 

आरोपितको घरबाट प्रहरीले रकम भरेका र खाली चेक ठुलो परिमाणमा बरामद गरेको छ । ज्ञानेन्द्रले आफुसँग मिटरब्याज लिएको भन्दै थप ३ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका छन् ।

ज्ञानेन्द्रलाई असार ८ मा पक्राउ गरी अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने’ कसुरमा ७ दिनको म्याद लिएर यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

मुलुकी अपराध संहिता–०७४ को दफा–२४९ लाई अध्यादेशमार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो । मिटरब्याज विरुद्ध राजधानीमा भएको लगातारको प्रदर्शनपछि सरकारले ल्याएको अध्यादेशअनुसार प्रहरीले पहिलोपटक मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको छ ।