काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा मोल्दोभाका नागरिक डेनिस कुसेरेवी रहेको स्रोतले बताएको छ ।  टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेको अवस्थामा ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित उनलाई त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट प्रहरीले पक्राउ गरेको हो । 

उनले ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान गर्नका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको स्रोतले बताएको छ ।