काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणाले महिला सशक्तीकरण अहिलेको आवश्यकता रहेको बताएकी छन् ।
हिंसापीडित महिला आश्रय गृहको पहिलो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा राणाले हिंसामा परिरहेका महिलाका लागि नयाँ जीवन, सोच र सशक्तीकरणको बाटो देखाउनु अहिलेको आवश्यकता रहेको बताएकी हुन ।
यस्तै गरी साथी संस्थाका संस्थापक बन्दना राणाले करिब तीन दशकअगाडि साथी संस्थाको स्थापना गर्दा नेपालमा घरभित्र महिला, बालबालिकामाथि हुने हिंसालाई सामान्य मान्ने, घटना भइहाले पनि थोरै महिलाले मात्र बाहिर सार्वजनिक गर्ने र आश्रयस्थलसम्म पुगेर आफ्नो पिडा भुलाउँदै अगाडि बढ्ने सोच राखेको आफ्नो भन्दै अनुभव सुनाएकी थिईन ।
राणाले भनिन् ‘हाल देशभर हिंसाबाट प्रभावित महिला, किशोरीलाई राख्ने आश्रयस्थल सरकारी तथा गैरसरकारी गरी करिब ५० भन्दाबढी आश्रयस्थल बनेका छन्, तर आश्रयस्थल सञ्चालनका लागि गर्ने निश्चित मापदण्ड, नीति बनेका छैनन्, यस सम्मेलनबाट आश्रयस्थल सञ्चालनका लागि साझा नीति, धारणा बनाउने अपेक्षा लिएको बताएकी छीन् ।
यस्तै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले हिंसापीडित महिलामा मानसिक, आर्थिक, सामाजिकलगायतका विविध समस्या एकैपटक देखिने भएकोले लैंगिक हिंसाले समग्रमा महिलाले सम्पूर्ण आशा मारेको बेला आश्रय दिने आश्रयस्थलको निक्कै ठूलो सहयोग रहेको बताइन् ।
सम्मेलनको उदघाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसाको न्यूनीकरणका लागि महिलाको शक्तीकरणमा जोड दिए । मन्त्री आचार्यले समाजमा विद्यमान हानिकारक प्रथा र गलत अभ्यासका कारण महिलाले हिंसा भोगिरहेकाले यसको अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।
के हो महिला सशिक्तिकरण ?
महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू हटाई हरेक छेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई बृधि गर्नु नै महिला सशक्तिकरण हो । महिला सशक्तीकरण को लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयाशहरु गर्दै आइरहेको छ ।
0 comment