काठमाडौं – पशुपतिनाथको जलहरीको सुन जोखिनु अघि क्षमा पूजा र आरती गरीएको छ ।
अहिले नापतौल विभागको टोली, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रतिनिधि र सुरक्षाकर्मीलगायतका अधिकारीहरू पशुपति पुगेका छन् । पशुपति विकाश कोष परिसरमा जलहरीको तौल जोख्ने तयारी भइरहेको छ । अहिले पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ भने, पशुपतिनाथका चारै ढोकाहरु बन्द गरिएका छन् ।
पशुपति विकाश कोष, प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको हो ।
पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो ।
महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन ।
पशुपतिको जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा आज जोखिने लागेको हो ।
0 comment