काठमाडौं – जिल्लाका बिभिन्न ठाउँहरुमा चट्याङ्ग पर्दा ६ जनाले ज्यान गुमाएका छन् ।
यसरी मुत्युहुनेहरुमा दाङ, दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समिर केसी र सोही गाउँपालिका–३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । आ–आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, गुल्मी मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै गरी, गुल्मी, मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तैगरी कास्की, पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देब बहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ भने, विक आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बाग्लुङ ढोरपाटन नगरपालिका–५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।
0 comment