काठमाडौं – दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।  

तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरी निवासी १३ वर्षीय दक्षिना वली आफ्नै घरमा सुतिरहेको समयमा सर्पले टोक्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका छन् ।  

पहिचान हुन नसकेको सर्पले वलीलाई हिजो दिउँसो २ बजेतिर नाम नखुलेको सर्पले डसेको भएपनि आफन्तले राति ९ बजे मात्रै उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए । त्यसपछि थप उपचारका लागि वलीलाई बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो, उपचारका क्रममा आइतबार बिहान ३ बजेको समयमा वोलीको मृत्यु भएको खवर प्रहरी निरीक्षक केसीले जानकारी दिएका छन् । 

हाल बालिकाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएके छ ।