काठमाडौं - जनता समाजवादी पार्टीले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नदिने निर्णय गरेको छ। 

शुक्रबार बसेको संसदीय दलको बैठकले बजेट पास गर्न नदिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए। उनले भने, 'सरकारले ल्याएको बजेट समावेशी र सन्तुलित छैन। यो बजेट नेतामुखी भयो। यसले अर्थतन्त्रलाई उकास्दैन। अर्थतन्त्रमा समस्या छ भनिरहेका छौं। तर अर्थतन्त्र सुधारका निम्ति बजेटमा केही गुरुयोजना देखिएन।'

उनले सरकारको नीति तथा कार्यक्रममा मधेस पछाडि परेको उल्लेख गरे पनि त्यस सम्बन्धमा कुनै बजेट नआएको बताए। 

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो।