काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन्। 

सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै उनले शुक्रबार अनशन तोडेका हुन्।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी यसअघि न्याय माग गर्दै काठमाडौं जिल्ला अदालत पुगेका थिए। सो क्रममा प्रहरीले उनलाई अदालत परिसरबाटै सोमबार पक्राउ गरेको थियो। हिरासतबाट छुटेदेखी नै उनी त्रिवि परिसरमा अनसनरत थिए।

चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।