काठमाडौं - सुरक्षा नियम उल्लङ्घन गरेको आरोपमा नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित भएका छन् ।

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बनमा परेका पाइलटले एयरबस ए-३३० को ‘अपरेटिङ प्रोसिजर’ पालना नगरेको पाएको हो । 

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि दुबै पाइलटलाई उडान सेवाबाट निलम्बन गरेपनि निलम्बनमा परेका पाइलटहरुको नाम भने खुलाएको छैन । 

- रासस