काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचारका लागि पूर्व तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले बाढी पहिरोको जोखिम बढ्दै गएको छ, जुनसुकै बेला पनि हुनसक्ने बिपदलाई मध्यनजर गर्दै उपचारका लागि पूर्व तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका हुन् ।
मान्त्री बस्नेतले मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी अवस्थामा बस्नुपर्ने बताए । उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह पनि गरेका छन् ।
उनले राम्रो कार्ययोजना बनाएर अघि बढे सहयोगको खाँचो नहुने बताएका छन् । आफू मन्त्री नहुदा पनि स्वास्थ्य क्षेत्रका लागि धेरै काम गरेको र विभिन्न जिल्लामा भएका घटनामा स्वास्थ्य सामग्रीका साथै आवश्यक राहत प्रदान गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पतालमा स्याटेलाइट आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताएका छन् ।
0 comment