नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकारको गठन गर्नुपर्ने प्रस्ताव र सुझव दिएका छन् ।
कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्तिप्रक्रियाका बाँकी कामको समापन, थप जटील बन्दै गएको बताएका छन् । कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला नत्र भने समयले कसैलाई पर्खने छैन, उनले भने ।
साथै संविधान र कानुन आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन र जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन हुनुपर्ने बताएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन, गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन–झन् उतारचढावपूर्ण बन्दै गएको र देश र जनताको लागी हितकर न भएको बताएका छन् ।
0 comment