काठमाडौं - सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
चलाउनेलाई २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। सो मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो। तर, सरकारले गत जेठ ३० गतेको मन्त्रिपरिषद्को बैठकमार्फत् सो मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने यसअघि न्याय माग गर्दै काठमाडौं जिल्ला अदालतमा विरोध प्रदर्शन गर्न पुगेका थिए। सो क्रममा प्रहरीले उनलाई अदालत परिसरबाटै पक्राउ गरेको थियो।
0 comment