काठमाडौं - प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँढे ५ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बु रहेका छन्।

एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका लिम्बुलाई चेकजाँचका क्रममा प्रहरीले साँढे ५ किलो चरेससहित पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।