काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई पार्टीको ढोका सदैव खुला रहेको बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा स्वतन्त्र उम्मेदवारलाई रास्वपाले २०८४ को चुनावमा समेट्न सक्ला कि नसक्ला भन्ने पत्रकारहरुले जिज्ञासामा लामिछानेले भने, ‘त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदै छ। त्यो चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनुभयो भने हाम्रो तर्फबाट शत प्रतिशत सकारात्मक छौं। सम्बन्धको हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ। उहाँहरुको कामको हिसाबले त मैले निरन्तर प्रशंसा गरेकै छु। उहाँको राम्रो काममा सघाएकै छु।’
0 comment