काठमाण्डौं – बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना भएको छ ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुरा बाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
दुर्घटनामा मन्त्री सिंहसहित चारजना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भई रहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
0 comment