काठमाडौं – ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी महानगर र साझा यातायात सहकारी संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी विद्युतीय बस (सटर बस) संचालन गर्ने भएको छ ।
महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस संचालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृतलाई तीन करोडको चेक हस्तान्तरण गर्नु भएको छ ।
महानगर प्रमुख महर्जनले पर्यटकको बसाई लम्ब्याउनु नै यो बस ल्याउनुको अर्को उद्देश्य भएको प्रष्ट पार्नु भएको हो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन यी विद्युतीय बस पाटनको कोर एरियामा संचालन हुने जानकारी दिनु भयो । प्रमुख महर्जनका अनुसार पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेलमा संचालन हुनेछ । र यो क्षेत्रलाइ अलि फराकिलो बनाउन सक्ने बताउनु भयो ।
यो बस १२ देखि १७ सिटको हुनेछ । ललितपुर महानगरले हाल विद्युतीय सवारी साधन खरिद गरेको जानकारी दिदैं विद्युतीय सवारी किन्ने नीति लिएको बताउनु भयो । फोहोर उठाउने सवारी साधन विद्युतीय हुने र नगर प्रहरीले चलाउने स्कुटरहरु पनि विद्युतीय भएको महानगर प्रमुख महर्जनले बताउनु भयो ।
ललितपुर महानगरले वातावरण जोगाउन विद्युतीय सवारी साधानलाई प्राथमिकता दिएको बताए । महानगर प्रमुखले भने महानगरले अबको आवमा सिभि चढ्नेलाई करमा केही सहुलियत दिने तयारी गरेका छौं ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विद्युतीय बस संचालन गर्ने कार्यक्रमलाई महानगरले निरन्तरता दिएको बताउनु भयो । ललितपुर महानगरले महानगरलाई पर्यावरणमैत्री बनाउन विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको बताइन् ।
उनले भने वातावरण जोगाउनका लागि यो कार्यक्रम ल्याएको धारणा राख्नु भयो ।
उपमेयर शाक्यले विद्युतीय सवारी साधनलाई सबै स्थानीय निकायले प्राथमिकता दिनुपर्ने बताउनुका साथै साझालाई जतिसक्दो छिटो विद्युतीय साधन ल्याएर संचालन गर्न अनुरोध गर्नु भयो ।
यी विद्युतीय बस संचालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुुनिका बालबालिका, क, ख वर्गका अपाङगता भएका,महानगरले जारी गरेको पास बाहक यात्रुले निशुल्क यात्रा गर्न पाउने पनि महानगरले जानकारी दिएको छ ।
साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेयले साझा र महानगरबीच विद्युतीय सवारी साधनको सन्दर्भमा लामो समय अघिदेखिको भएको बताउनु भयो ।
0 comment