काठमाडौं - जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारमा रहेको एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीले करोडौं रकम हिनामिना गरेको खुलेको छ ।
थहल शाखाका कर्मचारीहरुले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ । करिब २८५ जना स्थानीयको नाममा तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ जना कर्मचारीले रकम हिनामिना गरेको पीडितहरुको आरोप छ ।
लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले अडिट गर्दा उक्त रहस्य खुलेको हो । ठूलो रकम हिनामिना भएको पत्ता लागेपछि संस्थाको केन्द्रीय कार्यालय बनेपा र शाखा कार्यालय जाजरकोटले तत्कालिन शाखा प्रमुख केसी सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दर्ता गराएको हो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको र मुद्दा परेका आठै जना कर्मचारी फरार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
0 comment