काठमाडौं – राप्रपा सांसद् राजेन्द्र लिङ्देनले नागरिकता विधेयकलाई सत्ता पक्षले भोट बैंक बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद् लिङ्देनले सत्ता पक्षले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई भोट बैंकमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको बताएका हुन् ।

लिङ्देनले नागरिकताको समस्या सबैको समस्या भएको भन्दै नागरिकता विधेयकमाथि राजनीतिकरण गर्न नहुने बताएका हुन् । अहिलेपनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसदमा ल्याओस् । फास्टट्रयाकबाट टुंगोमा पुगौं । नागरिकताको समस्या हामी सबैको समस्या भएको बताएका छन् । 

सत्ता पक्षले प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन निस्किनुभन्दा एक दुई घण्टा अगाडि प्रमाणीकरण गर्नुपर्ने के कारण थियो ? भन्दै प्रश्न गरे । लिङ्देनले भने, सत्ता पक्षले सुटुक्क त्यो पनि प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन निस्कनुभन्दा एक दुई घण्टा अगाडि प्रमाणीकरण गर्नुपर्ने के कारण थियो ? र,नागरिकता विधेयक अहिले राप्रपा, रास्वपा, एमालेका कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ? लिङ्देनले प्रश्न गरेका छन् । 

त्यसैले सत्ता पक्षले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई भोट बैंकमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखिन्छ । हामीले कुनैपनि नेपाली नागरिक, जसको बुवा आमा नेपाली नागरिक छन्, तर उमेर पुगेर पनि नागरिकता पाउनबाट बञ्चित छन् उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौं हामीले । हामीले नागरिकता विधेयक आउनु हुँदैन भनेका छैनौं । प्रक्रियाको कुरा गरेका छौं । र, त्यसमाथि कन्टेन्टमा पनि केहि छलफल गर्ने कुराहरु पनि छन्, यहाँ छलफल गरेर लैजाऔं भनेका छौं, लिङ्देनले भने ।