काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संखुवासभा पुगेर उद्दार, राहत र बेपत्ताहरूको खोजी कार्यमा कुनै पनी कन्जुस्याइँ नगर्न बताएका छन् । साथै प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार आई पुगेका छन् । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका छन् । 

आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने १८ जना भन्दा बढी बेपत्ता भएका छन्  । 
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले  उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । उनले अन्य स्वयम्सेवी संघसंस्थामा अपील समेत गरेका छन् ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज,घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताएका छन् ।

मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् । 

प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कने कार्यक्रम छ ।