काठमाडौं – सिरहाको लहान नगरपालिकास्थित निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा ठोक्किएर एक स्कूल बसमा आगलागी भएको छ । 

स्कूल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ–ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजट ड्यांकर ठोक्किंदा आगो लागेको चौधरीले बताएका छन् । आगो लागेर बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरबाहीले बसमा आगो लागेको उनको भनाई छ ।

आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिंग स्कूलको हो । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कूल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभरले कुदेर ज्यान जोगाएका थिए ।