काठमाडौं – रोल्पामा बलात्कार मुद्दाका फरार प्रतिवादी ३८ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, जिल्लाको गंगादेव गाउँपालिका ६ झारखोला निवासी ६२ वर्षीय सरजन राना क्षेत्री भन्ने सर्वजित राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

फरार रहेका अभियुक्तलाई रोल्पा जिल्ला अदालतले बि.स. २०४२ कार्तिक १९ गते जवरजस्ती करणी मुद्दामा दोसी ठहर गर्दै ३ बर्ष ३ महिना १८ दिन कैद सजायको फैसला गरेको थियो । 

रानालाई असार १ गते त्रिवेणी गाउँपालिका ३ कोईलाबाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।