काठमाडौं – सङ्खुवासभाको हेँवा खोलामा गएराति बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १७ जना सम्पर्कविहीन रहेका छन् ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनेपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षती भएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधिन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
पाँचखपन नगरपालिका ५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी छ ।
बाढीले चैनपुर ४ मा निर्माण भईरहेको सुपर हेँवा हाईड्रोमा पूर्णरुपले क्षती पुर्याउदा १७ जना मजदुर बेपत्ता रहेको वाना प्रहरी चौकीका ईञ्चार्ज टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।
0 comment