काठमाडौं – कचनकवलका गाउँपालिका–३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई हेलमेट प्रहार गरी कुटपिट भएको छ । हेलमेटले प्रहार गर्दा उनको नाकको डाँडी नै भाचिएकोे छ ।
वडा अध्यक्ष मिया माथी हेलमेट प्रहार गर्ने मेचीनगर नगरपालिका–६ निवासी ३६ वर्षीय विजय पनेरु रहेको बताईएको छ ।
प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला उनी सडकमा लडेका थिए ।
त्यही निहुँमा उनले कारभित्र रहेका वडा अध्यक्ष मियामाथि अन्धा–धुन्ध हेलमेट प्रहार गरेको थिए । कुटपिटबाट वडा अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको छ । वडा अध्यक्ष मिया र श्रीमतीसहित आफ्नो कारभित्र बसिरहेको बेला पनेरुले सांघतिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाभए लगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
मियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पीडितले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् ।
0 comment