काठमाडौं – काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिला वडासदस्यको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा, काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिक रहेको प्रहरीले जनाएको छ ।  

यही जेठ २९ गते सामन्य घरायसी वाद–विवाद हुँदा ज्ञानीका श्रीमान् शम्भु बिकले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

कुटपिट पछि गम्भिर घाईते भएकी ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।