काठमाडौं – संसद भवन अगाडिबाट कृष्ण पहाडीसहित १६ जना अधिकारकमीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव अधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, भ्रष्ट नेतालाई कारबाही गरोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैन मधेशमारा नीति चाहिदैन, शीर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।