काठमाडौं – “वान एक्स बेट” प्रचार गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रुपमा अनलाइन जुवा खेल्नको लागि प्रचार-प्रसारमा कलाकार मरिचमान श्रेष्ठ "बल्छि ध्रुवे", र राजु पौडेल "राजु मास्टर" को संल्गनता देखिएपछि पक्राउ गरीएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिएका छन् । साथै प्रहरीले एक युट्युबर सहित ८ जनालाई पक्राउ गरेको छ ।
रेग्मीका अनुसार, “वान एक्स बेट" नामक प्रतिबन्धित अनलाइन बेटिङ एप मार्फत अवैध कारोबार गरेको उनीहरुमाथि प्रहरीको आरोप छ । यसबारे प्रहरीले उनीहरुमाथि निगरानी गरिरहेको थियो । यहि घटनाको अनुसन्धान गर्दै जाँदा कलाकारहरुको पनि संलग्नता देखिएको थियो । कलाकारहरुले वान एक्स बेटमा सट्टेबाजी खेलाउने र यटुबमा यसको विज्ञापन गर्ने गरेका थिए ।
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । नेपालमा अवैध रहेको अनलाइन जुवा खेल्नका लागि उनीहरुले विज्ञापनमार्फत युवाहरुलाई आकर्षण बनाएको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार मात्रै बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेहरुमा, कैलाली लम्किचुहा नगरपालिका १० घर भई काठमाडौंको चाबहिल मैजुबहाल बस्ने वर्ष २९ का दिनेश खड्का, उनका श्रीमती वर्ष २८ कि अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ का दिपेश श्रेष्ठ, कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका १४ घर भई काठमाडौं १० बुद्धनगर बस्ने दिनेश चन्द र नुवाकोट जिल्ला ककनी नगरपालिका २७ चुराते घर भई काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने आशिष लामिछाने रहेका छन् ।
प्रहरीले उनीहरुबाट अनलाइन जुवा खेलाउन प्रयोग हुने ल्याप्टप, सिम, विभिन्न बैंकको चेक र ३७ लाख रुपैयाँ बरामद गरेको छ ।
0 comment