काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिने अभिव्यक्ति प्रती आपत्तीजनक भएको बताएका छन् । साथै सांसद रघुजी पन्तले भारतसँग जमिन साट्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले झुट बोलेको आरोप समेत लगाएका छन् । 

प्रधानमन्त्रीले देश र संसदलाई ढाटनु भएको छ । यो विषयलाई नेकपा एमालले गम्भीरताका साथ लिएको पन्तको भनाइ छ । स्पष्ट जवाफ न आए आन्दोलन समेत गर्ने उनले चेतावनी दिएका छन् । 

उनले भने, प्रधान मन्त्रीले यही संसदमा उभिएर भन्नु भएको थियो, लिम्पियाधुरा र कालापानी छोडेर जमिन साट्ने कुरा भएको छैन, मेरो मुखबाट निस्केकै छैन,  त्यो त केही विशेषज्ञहरूको भनाइ हो । मैले त चर्चा मात्रै गरेको हुँ । 

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर विकल्पको बारेमा छलफल भइरहेको बताएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।