काठमाडौं – चेक बाउन्स गरी ठगी गरेको आरोपमा दार्चुलाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेको प्रहरीले जानकारी दिएको छ । 

ठगी गरेको आरोपमा वडाध्यक्ष धामीलाई उच्च अदालत दीपायलको अनुमतिमा गत चैत ७ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो । त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई प्रहरीले फेरी जेठ २५ गते पक्राउ गरेको थियो । 

वडाध्यक्ष धामीले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टंक कुँवरलाई दिएका थिए । तर, उक्त खातामा रकम नै नभएको पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनी पक्राउ परको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । 

ठगीका आरोपी विष्टलार्ई थुनामै राखेर थप अरु अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।