काठमाडौं – दमौलीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, भानु नगरपालिका–५ मैबलका २१ वर्षका मनोज विष्ट रहेको प्रहरीले बताएको छ ।

विष्टले तनहुँको ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी भुजेलसंग वैशाख १ गते प्रेम विवाह गरेका थिए । प्रहरीका अनुसार विष्टले विवाह गरेको २ महिनामै श्रीमतीको हत्या गरी पलाष्टिकको बोरामा हालेर नालामा फालेको खुल्न आएको बताएको छ । उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए ।

२६ गते दिउँसो आफनै डेरामा हत्या गरी शवलाई व्यवस्थापन गर्न नालीको ह्युम पाइपभित्र राखेको खुल्न आएकोले, हत्याका आरोपी रंगिलाका श्रीमान मनोजलाई प्रहरीले पक्राउ गरी थप अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले दिएको जानकारी दिएका छन् । 

२४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी मृतकको शव उनका बाबुले पहिचान गरेका थिए ।