काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कैलाली लम्किचुहा नगरपालिका १० घर भई काठमाडौंको चाबहिल मैजुबहाल बस्ने वर्ष २९ का दिनेश खड्का, उनका श्रीमती वर्ष २८ कि अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ का दिपेश श्रेष्ठ, कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका १४ घर भई काठमाडौं १० बुद्धनगर बस्ने दिनेश चन्द र नुवाकोट जिल्ला ककनी नगरपालिका २७ चुराते घर भई काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने आशिष लामिछाने रहेका छन्।
प्रहरीले वान एक्स बेटबाट बेटिङमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई पक्राउ गरेको हो।
समय लगाएरै भएपनी वान एक्स बेटको मास्टर एजेन्टलाई पक्रन सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डाक्टर मनोज केसिले बताउनु भयो ।
उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ।
प्रहरीले उनीहरुबाट अनलाइन जुवा खेलाउन प्रयोग हुने ल्याप्टप, सिम, विभिन्न बैंकको चेक र ३७ लाख रुपैयाँ बरामद गरेको छ ।
0 comment