काठमाडौं – काठमाडौं जिल्ला अदालत परिसरबाट अखिल क्रान्तिकारी अध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही सहितका विद्यार्थी नेताहरू रहेका छन् । 

नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द “विप्लव”का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।