काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा मलाई रोक्दै प्रतिपक्ष नेतालाई बोल्न दिएर सभामुख देवराज घिमिरेले गर्नै नहुने काम गरेको आरोप लगाएका छन् ।
प्रतिपक्ष दल एमाले, रास्वपा र राप्रपाले प्रश्न उठाएर जेठ २२ गते पनि संसद अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड र सांसदबीच प्रश्नोत्तर भएको थियो । उक्त प्रश्नोत्तरको क्रममा सांसदको प्रश्नको जवाफ रोष्टममा उभिएर प्रचण्डले दिइरहेको समयमा एमालेले नियमापत्ति गरेपछि लगत्तै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई रोकेर एमालेका सांसदलाई बोल्न समय उपलब्ध गराएका थए । उक्त विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टरका नेताहरुसँगको छलफलमा सभामुखमाथि आक्रोश व्यक्त गरेका छन् ।
बुधबार बालुवाटारमा प्रेस सेन्टरका पदाधिकारी तथा नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष नेतालाई बोल्न दिएर गर्नै नहुने काम गरेको बताएका हुन् ।
उनले भने, प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षले बोल्न नदिने प्रचलन हुँदा–हुदै पनी बोल्न दिएकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । भारत भ्रमणबाट आएपछि ओलीहरुले हुँदै नहुने काम गरेका छन् । म बोलिसकेपछि प्रतिपक्षले प्रतिवाद गर्ने कुरा, बोल्न दिने कुरा स्वभाविक र लोकतान्त्रिक थिएन तर दिइयो । प्रधानमन्त्रीले बोलेपछि तत्काल प्रतिपक्षलाई प्रतिवाद गर्न बोल्ने चलन छैन । यीनीहरु लोकतान्त्रिक पनि छैनन्, साँस्कृतिक सभ्यता, नैतिकता केही पनि रहेनछ भन्ने कुरा त देखियो ।
प्रचण्डले भने, ‘सदनमा ओलीहरुको देख्नु भयो नि, डेमोक्रेटिक नम्स, भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिरहेको छु, म हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु मैले । मलाई बोल्नै नदिने गरेर तलका मान्छेलाई बोल्न दिने ? त्यस्तो काम पनि सभामुखले गर्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले चार दिने भारतको ओपचारिक भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको र गैह्रसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरण भएको ठहर गर्दै एमालेलगायत तीन दलले गत जेठ २१ गते संसद अवरुद्ध गरेका थिए । संसद अवरोध भएपछि सूचना टाँस गरी अर्को दिनलाई बैठक तय भएको थियो ।
0 comment